काठमाडौ । घरेलु टोली नेपालले आज मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ। नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।
नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।
मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्। सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्।
सिंगापुरविरुद्धको खेल अघि नै भाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए। उनको स्थानमा आज पनि विवेकले नै मौका पाउन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोटमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल