एजेन्सी । इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन्।
अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १ हजार ४ सय बढीको मृत्यु भएको छ।
इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन्। सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ।
इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ। अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का