काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्रीको तर्फबाट कानुन मन्त्री धनराज गुरुङले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश गरेका छन् ।
सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने विरुद्ध विरोधको सूचना दिने प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री गुरुङले पेश गरेका हुन् ।
विधेयक पेश गर्दै उनले बैंकिङ तथा वित्तिय कारोबारमा हुने चेक अनादर जस्ता कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकोले सो विधेयक प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेको बताएका छन् ।
यो विधेयक गत असोज १६ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग