काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
५१ जना सवार यात्रुबाहक बस दुर्घटनामा पर्दा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य घाइते १० जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु