एजेन्सी । इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासबीच जारी युद्ध २३औं दिनमा पुगेको छ । युद्ध रोक्न राष्ट्र संघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन् ।
इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’
जारी युद्धमा अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ कार्तिक २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा