काठमाडौ । बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ।
कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक एसपी सुशप्रसाद काफ्लेले जानकारी दिए।
शनिबार निजगढ नगरपालिकाबाट ८ बाट ज१२प ७१५४ नम्बरको मोटरसाइकलमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ जाँदै गर्दा सुनार दुर्घटनामा परेका हुन्। मोटरसाइकल सुनार आफैँले चलाएका थिए ।
मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्न जाने क्रममा ड्युटीको सिलसिलामा सुनार मोटरसाइकल दुर्घटनामा परेका एसपी काफ्लेले बताए।
दुर्घटनामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
रौतहटमा मोटरसाइकल दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, ४ जनाको मृत्यु