काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताएका छन् । कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका उनले पत्रकारको जिज्ञासामा उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’
कार्यक्रममा ओलीसहितका शीर्ष नेता पुगेका थिए ।ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले पनि पुराना दल र नेताले जवाफ दिने तयारी भएको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी