लागु औषधसहित एकजना पक्राउ

रासस

शनिबार, ११ कार्तिक २०८०, १५ : ५६
लागु औषधसहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले वीरगन्जबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–६ का रबिन्द्र केसी छन्। वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर स्थित वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई चेकजाँच गर्दा केसीलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेको अवस्थामा फेनारगन– ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए। पक्राउ परेका उनलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस