काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन बिहीबार साँझ अमेरिका भ्रमणमा गएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका गएका हुन्। अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले अमेरिकामा मोमो महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन्। नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने पनि उनको कार्यक्रम रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेका कारण जनतामा निराशा बढेको बताए। दशैं, तिहार र छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता बस्यालले दिइन् राप्रपाबाट राजीनामा
राप्रपाका निर्वाचित केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध