एजेन्सी । इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ।
गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो। यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ।
गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन परिस्थितिमा छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।
अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताएका छन्।
गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्। मंगलबार राहत सामग्री बोकेका आठ ट्रक मात्र इजिप्ट हुँदै गाजा प्रवेश गर्न पाएका छन्।
राहत एजेन्सीहरूले आवश्यकताको तुलनामा यो केही नभएको बताएका छन्। संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन्।
इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ। गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने उसको आशंका छ।
अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन्। तर यी देशले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ कार्तिक २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी