काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको दाबी गरेका छन् । अध्यक्ष ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रम फैलाइएपछि महासचिव पोखरेलको यस्तो दाबी आएको हो ।
ओलीविरुद्ध राजावादीहरुले भ्रम फैलाएको उनले बताएका छन् । 'पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,' उनले फेसबुकमा लेखेका छन् ।
वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको उनले बताएका छन् । 'वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो,' उनले भनेका छन्, 'नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर बनौं।'
मेडिकल व्यवसायी दुर्गा प्रसाइँले ओलीलेको कम्बोडियाको टेलिकममा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसैलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ कार्तिक २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल
‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल
नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल