काठमाडौं । भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक माग्दै सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन मागपत्र बुझाएका हुन्।
नवलपुरको गैँडाकोटमा रहेको उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ। लामो समयदेखि पारिश्रमिक नपाउँदा पाउने आशामा कति श्रमिकको मृत्यु समेत भइसकेको माग पत्रमा उल्लेख छ।
उनीहरूले गैँडाकोट नगरपालिकामा अवस्थित ६० बिगा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न समेत माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन
यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री बालेन
‘हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ’: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन