लागु औषधसहित ४ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १९ : ४९
लागु औषधसहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–०१ स्याउले बजारमा रहेको सडक खण्डमा भारतबाट आउँदै मोटरसाइकलमा ल्याउँदै गरेको लागु औषध बरामद गरिएको हो।

२१ वर्षीय पवन धामीले चलाएको सु.प.प्र.०२-००३ प ७११२ नम्बरको मोटरसाइकल र सोही मोटरसाइकल पछाडी सवार भिमदत्त नगरपालिका–१० का २३ वर्षीय कुस कार्कीलाई शंका चेकजाँच गर्दा मोटरसाइकलको सिट कभरभित्र लुकाइएको १ दशमव ७ ग्राम खैरो हिरोइन बरामद गरेको हो। 

यस्तै उनीसँगै रहेका दोधारा चाँदनी नगरपालिका–२ बस्ने मोटरसाइकल चालक १९ वर्षीय सन्तोष सार्कीले चलाएको भारतीय नम्बर प्लेट मोटरसाइकलमा पछाडी सवार १८ वर्षीय कमल सुनारलाईसमेत चेकजाँच गर्दा सन्तोषको जुत्ताभित्र पहिलो रङको कागजमा लुकाई छिपाई राखेको अवस्थामा खैरो रङको खैरो हिरोइन ०.१० मिलिग्राम फेला पारेको थियो।

चारै जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस