काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल वादोरियो कराते डो संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू शुक्रबार बालुवाटारमा भेट गरी बधाइ दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष हरिशरण के सी, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र गुरुङ, उपाध्यक्ष यादवलाल श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र विष्ट, उपाध्यक्ष पुरुषोत्तम भण्डारी, उपाध्यक्ष सरितादेवी शर्मा, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल सदस्यहरू सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, विनोद कार्की, लक्ष्मी शर्मा रिजाल, ऋष्मा पोखरेल, निश्चल हिराचन, सुजन रिमाल र राजकुमार कार्की रहेका छन् ।
सोही अवसरमा अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपको सिनियर पुरुष एकल काताका स्वर्ण विजेता सुमन तिम्सिनालाई प्रधानमन्त्री दाहालले सफलताका लागि बधाइ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन