काठमाडौँ । नयाँ नेतृत्व चयनका क्रममा भएको विवादपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ । शुक्रबार हुने भनिएको ११ औँ विश्व सम्मेलनको समापन समारोहसहितसम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो । अ
ध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले जारी गरेको सूचनामा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । यससँगै निर्वाचन प्रक्रिया पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा