काठमाडौँ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनपछि पुनः हत्या आरोपमा पक्राउ परेका छन् । गत ३ असोजमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका-७ साँखकी २८ वर्षीया भावना बिकको हत्या हत्या आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकबहादुर र भावना आइतबार रुकुम पश्चिमको खलंगास्थित होटेल सत्कारमा बसेका थिए । भावना मङ्गलवार बिहान होटेलको कोठा नम्बर १ मा मृत भेटिएकी थिइन् ।
मुसीकोट नगरपालिका-१ छिङस्थित माइतीघरमा बस्दै आएकी भावना र लोकबहादुरबीच लेनदेनको विषयमा विवाद भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।प्रहरीले घटनास्थलबाट चक्कु, चक्कुको खोल, मोबाइल, लोकबहादुरको घरबाट ८५ हजार ८३५ रुपैयाँ नगद पनि बरामद गरेको छ ।
आइतबार होटेल सत्कारमा पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरूले होटलमा दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ ।
बहुविवाह मुद्दामा जेल परेका लोकेन्द्रलाई असल चालचलन भएको कैदीका रूपमा मन्त्रिपरिषद्को सिफारिसमा ३ असोजमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए ।उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर ०७९ फागुन १४ गते जेल परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ