धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका छन् ।
उनलाई स्वागत गर्न विमानस्थल पुगेका मुख्यमन्त्री कमल बहादुर शाह विमानस्थल भित्र छिरेका छन् ।
पार्टी सभापतिलाईै स्वागत गर्न विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बदादुर थापा, वन मन्त्री शिबराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम भने गेटमै रोकिएका छन् । यसअघि धावनमार्ग नजिक पुगेर नेताहरूको स्वागत हुने गरेको थियो । यसपटक मुख्यमन्त्रीबाहेकलाई गेटमै रोकिएको छ ।
नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा