पाँचथर । पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को१ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटना भएको हो।
दुर्घटनामा याङवरक-३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक-७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ। अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो। ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु