बाजुरा। बाजुरामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ ।सोमवार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको हो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको थियो । यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशु चौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो ।
बाढी पहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए ।महिला हिंसाका आठ वटा उजुरी परेकामा सात वटाको सुनुवाइ भइसकेको छ ।
प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँच जना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् । स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरू पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु