काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गरेका छन् । मंगलबार राजधानीमा सुरु भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग नगर्नुहोस् । र, तपाईँहरु बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस्’, राष्ट्रपतिले भने ।देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने भन्दै राष्ट्रपतिले यसतर्फ एनआरएनएको ध्यानाकर्षण गराए । यसो भएमा नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुने राष्ट्रपतिको भनाइ छ ।
‘नेपाल समृद्ध नहुँदासम्म नेपालीको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने, ‘नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान तपाईँहरु (एनआरएनए)को रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।’राष्ट्रपतिले एनआरएनएको सरोकारको विषयमा नेपाल सरकारले नीतिगत तथा कानुनी व्यवस्था तर्जुमा गरेको भन्दै एनआरएनए नागरिकताको पनि व्यवस्था गरेको बताए ।
उनले विश्वका विभिन्न मूलकमा रहेका नेपालीलाई एकताबद्ध एनआरएनएले भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे । ‘यसले नेपालको समग्र विकासमा थप भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ’, राष्ट्रपतिले भने, ‘विश्वको जुन कुनामा बसे पनि नेपाली नेपाली नै हो ।’
राष्ट्रपतिले राजनीतिक परिवर्तन भए पनि संक्रमणकाल लामो बन्दा केही चुनौती पनि देशमा देखिएका भन्दै यसप्रति सबै पक्ष सचेत बन्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल