काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन्।
पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् ।
उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने भन्दै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धान्जली हुने पनि बताए ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सुक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको उल्लेख गरे ।
उनले भने, ‘पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ माक्र्सवादी र वर्ग संघर्षकोको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान संभव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो ।’
राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको भन्दै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको बताए ।
उनले भने, ‘पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु । उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गर्यो । पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्शिनिकीरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए ।’
सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतितर्फको सम्मान शान्त मानवी, ईतिहासतर्फको सम्मान डा मेदिनीप्रसाद सेडाइँ र साहित्यतर्फ राममणी पोखरेललाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने