एजेन्सी । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडियो सार्वजनिक गरेको छ।
अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।
भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम हो, उनी २१ वर्षकी र इजरायलको शोहम सहरकी हुन् भनी बताएकी छिन् ।
इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताइन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् ।
भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ।
एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ।
सेनाले विज्ञप्तिमा भनेको छ, "यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं।"
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० असोज २०८०, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणका कारण गाजामा हालसम्म ७० हजारभन्दा बढी मारिए : हमास
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा