काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामाथि सुझाव मागेको छ ।
सरोकारवालाको सुझाव सङ्कलनका निम्ति मस्यौदा आयोगको वेबसाइटमा अपलोड गरिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । कुनै स्थानीय तहले आफ्नो क्षेत्रबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत अनुरोध गरेमा अवस्था हेरी आयोगले अनुमति दिन सक्ने व्यवस्था मस्यौदामा छ ।
अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट मतदाता नामावली दर्ता कार्य सुरु हुने उनले बताए । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई उपयुक्त हुने मिति छनोट गर्न सकिनेछ ।
जैविक बायोमेट्रिक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण