काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामाथि सुझाव मागेको छ ।
सरोकारवालाको सुझाव सङ्कलनका निम्ति मस्यौदा आयोगको वेबसाइटमा अपलोड गरिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । कुनै स्थानीय तहले आफ्नो क्षेत्रबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत अनुरोध गरेमा अवस्था हेरी आयोगले अनुमति दिन सक्ने व्यवस्था मस्यौदामा छ ।
अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट मतदाता नामावली दर्ता कार्य सुरु हुने उनले बताए । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई उपयुक्त हुने मिति छनोट गर्न सकिनेछ ।
जैविक बायोमेट्रिक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा