काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार भएको छ । आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा गिरावट आएको हो । आज जीवन बीमा उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै, होटल तथा पर्यटन उपसूचक २.०४, हाइड्रोपावर उपसूचक २.०२, ट्रेडिङ उपसूचक १.९६, माइक्रोफाइनान्स उपसूचक १.५८, इन्भेष्टमेन्ट उपसूचक १.२८ र फाइनान्स उपसूचक १.२५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे