जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। एक सातापछि आज दिउँसो २ बजेका लागि बैठक आव्हान गरिएको हो । करिब तीन महिनापछि असोज २३ गते छोटो समय प्रदेशसभा बैठक बसेको थियो ।
त्यसपछि दोश्रो अधिवेशनको दोश्रो बैठक आज बस्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए। गत असार ३१ गते मधेस प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले पहिलो अधिवेशनको अन्त्य गरेसँगै करिब तीन महिना पूर्ण बैठक बस्न सकेको थिएन । असोज २३ गते प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठक बसेको हो । त्यसअघि भदौ २६ गते प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो ।
असोज २० गते बसेको बैठकले दक्षिण इजरायलमा हमास समूहको आक्रमणबाट मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभाको कामना गरेको थियो । सोही बैठकबाट मधेस प्रदेशसभा सदस्यको स्थान रिक्तताबारे सूचित समेत गरिएको थियो ।
आजको बैठकमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको निर्वाचन मिति तोक्ने लगायतका कार्यसूची रहेको प्रदेश सचिव यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे