काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज जारी गरेको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । “मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ”, विज्ञप्तिमा भनिएको छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय ५७ जना घाइते भएको थिए ।
“चट्याङ्को घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
५ दिनभित्र जेन जेड घाइतेहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय