काठमाडौ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि– २०८० मा यस्तो व्यवस्था गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यबिधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र आएका सुझावमाथि छलफल गरेर अन्तिम रूप दिने बताए।
मस्यौदामा रहेको व्यवस्था परिमार्जन वा सुधार्न नेपाली नागरिक, गैरआवासीय नेपाली सञ्ज्ञ तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ असोज २०८०, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग