जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ’त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु । ‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा आगलागीबाट रु ४६ करोडको क्षति
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार
मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मिथिलामा तीन दिन ‘होरी’
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान
मुख्यमन्त्री यादवले पाए विश्वासको मत