रणवीर कपुरले ‘रामायण’को छायांकन अवधिभर मांसाहारी खाना र मदिरा त्याग्ने

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १४ : ०९
रणवीर कपुरले ‘रामायण’को छायांकन अवधिभर मांसाहारी खाना र मदिरा त्याग्ने

काठमाडौं। नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीर कपुरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा गरेका छन् ।

भगवान रामको सम्मानमा यस्तो निर्णय गरेपछि उनलाई सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । तिवारीको निर्देशन रहने यो फिल्ममा रामको भूमिकामा रणवीर देखिंदा सीताको भूमिकामा साई पल्लवी र रावणको भूमिकामा यश प्रस्तुत हुँदैछन् । नितेशले फिल्म ‘रामायण’ निर्माणको घोषणा गरेदेखि नै फ्यान उत्साहित देखिएका छन् ।

बलिउड पोर्टलले स्रोतलाई उध्दृत गर्दै जनाएअनुसार फिल्मको छायांकन अवधिभर रणवीर मांसाहारी खाना र मदिराबाट पूर्णतः टाढा हुनेछन् । उनले रामजस्तै शुद्ध र स्वच्छ महसुस गर्न यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस