शिक्षा विधेयकले वर्गीय विभेद गर्‍यो : निशा डाँगी

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १४ : १५
शिक्षा विधेयकले वर्गीय विभेद गर्‍यो : निशा डाँगी

काठमाडौँ । सांसद निशा डाँगीले सरकार र सरोकारवालाहरूसँग वृहत् रूपमा छलफल नगरी विद्यालय शिक्षा विधेयक ल्याएको बताएकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शिक्षा विधेयमाथिको सैद्धान्तिक छलफलमा उनले लामो समयपछि विधेयक संसदमा पेस हुँदा शिक्षकहरूमा हौसला थपिनुपर्नेमा आक्रोश जन्माएको पनि बताइन्।

बृहत् छलफल पछिमात्रै उक्त प्रस्तावित विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ। उनले भनिन,‘यो विधेयकले पैसा हुनेले निजीमा पढाऊ र पैसा नहुनेले सामुदायिक विद्यालयमै पढाऊ भनेको देखिन्छ।’

 

प्रतिक्रिया दिनुहोस