भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भयो : निशा डाँगी

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, १४ : ३९
भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भयो : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ ।’

नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका सवारीसाधानहरू फिर्ता जानुपर्ने हो । तर व्यवहारमा त्यस्ता सवारीसाधनहरू नेपालमै निजी तथा सार्वजनिक रुपमा सञ्चालन भइराखेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

प्रतिक्रिया दिनुहोस