काठमाडौ । सेयर बजारमा निराशाको तस्विर देखिएको छ । बजार सुधारका लागि नियामकले कुनै पनि कदम नचालेपछि लगानीकर्ता निराश भएका छन् ।
बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा आएको छ । १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।
क्रेताहरु निष्कृय बस्दा बजारको ओरालो यात्रा जारी रहेको हो । सेयर बजार सुधारका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको जानकारहरुले बताएका छन् । लगानीकर्ताले १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न अनि ब्याजदर घटाउने टुल्स प्रयोग गर्न माग गर्दै आएका छन् । तर यी ३ मध्ये अहिलेसम्म एउटा पनि समस्या समाधान गरिएको छैन ।
सरकार र नियामक निकायका पदाधिकारी चुपचाप बस्दा बजार दबाबमा परेको हो । लगानीकर्ताले भने बजार पुँजीकरणका आधारमा हर्दा करिब १४ खर्ब रुपैयाँ गुमाइ सकेका छन् । यसअघि ४४ खर्ब हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३० खर्ब नजिक झरिसकेको छ ।
यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटेल परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार