काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका आठवटै जिल्लामा सङ्गठन विस्तार अभियान गर्ने भएको छ । मङ्गलबार बसेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका बनाएको जसपाले जनाएको छ । जसअनुसार सप्तरी जिल्लामा असोज २१ र २२ गते अभिमुखीकरण कार्यक्रम हुने छ ।
उक्त कार्यक्रम संयोजनको लागि प्रदेश उपाध्यक्ष अरुण कुमार देव र कोषाध्यक्ष रेणुकुमारी यादवलाई तोकिएको छ । असोज २१ र २२ गते हुने सिराहा जिल्लाको अभिमुखीकरण कार्यक्रमको संयोजनको लागि प्रदेश सचिवद्वय शैलेश कुमार साह र निर्मला कुमारी यादवलाई जिम्मेवारी दिइएको छ । जसपाले धनुषा जिल्लामा असोज २४ र २५ गते अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ सो कार्यक्रमको संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष रामसेवक यादवले गर्ने छन् । त्यस्तै महोत्तरी जिल्ला र रौतहट जिल्लाको अभिमुखीकरण कार्यक्रम असोज २३ र २४ गते हुने छ ।
प्रदेश समितिको तर्फबाट कार्यक्रमको संयोजन गर्नको लागि महोत्तरीमा उपाध्यक्ष निरा कुमारी साह र रौतहटमा उपाध्यक्ष ज्ञानेन्द्र कुमार यादवलाई तोकिएको छ । सर्लाही जिल्लाको कार्यक्रम असोज २५ गते गरिने भएको छ र उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी प्रदेश सचिव पुनित रामले पाएका छन् । बारा जिल्लामा असोज २२ र २३ गते गरिने कार्यक्रमको संयोजन प्रदेश उपाध्यक्ष बृजमोहन तिवारीले गर्ने भएका छन् भने पर्सामा असोज २५ र २६ गते अभिमुखीकरण कार्यक्रम गरिने छ र उक्त जिल्लाको कार्यक्रम संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष सुशिल कुमार यादवलाई तोकिएको छ ।
साथै बैठकले पर्सा जिल्लाको असोज १० गते गरिएको भनिएको पुनर्गठन विधान विपरित भएको ठहर गरेको छ । साथै उक्त समस्या समाधानका लागि प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, प्रदेश उपाध्यक्षद्वय रामपृत पासवान र सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेको कार्यदल गठन गरिएको छ । बैठकले दोहोरो जिम्मेवारीमा रहेका प्रदेश पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी एक पद वा एक जिम्मेवारी दिने निर्णय समेत गरेको जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड संकलन
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो