काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लैनचौरस्थित स्काउटको जमिन गठबन्धनवालाहरूले कब्जा गरेको आरोप लगाएका छन् । उनले अदालतले हटाउँदा समेत सरकारको पहुँचमा बलजफ्ती गरिएको बताए ।
ओलीले सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रधानमन्त्रीको जवाफ मागे ‘लैनचौरको स्काउटको जमिन कार्यालय अदालतले हटाइसक्यो । हट्नुपर्छ भनिसक्यो । तपाईंहरूको सरकार छ पाखुरा देखाएर बलजफ्ती गैरकानूनी ढंगले कब्जा गरेर बसेको छ । गठबन्धनले आफ्नो पक्षका मान्छेहरूलाई कसरी प्रोटेक्सन गरेको छ ? एउटा ठेकेदारले कब्जा गरेर बसेको छ भन्ने सुन्छु । हो कि होइन ? म प्रधानमन्त्रीसँग यसको जवाफ चाहन्छु’ ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भने, ‘सरकारी सम्पत्ति कब्जा गर्न पाइन्छ कि पाइँदैन ? बाहुबलमा चल्ने कि कानूनमा चल्ने देश ? के मा चल्नुपर्छ देश ?’ लैनचौरस्थित नेपाल स्काउटको जग्गा करीव डेढ दशकदेखि नेपाली कांग्रेसका संखुवासभा जिल्ला सभापति तथा सांसद दिपक खड्काले कब्जा गरेर राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन