पोखरा । एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) बाट निर्वाचन प्रक्रिया सुरु भएको छ।
गएको सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो।
निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समयावधि बिहीबार बिहानसम्मको लागि तय गरेको छ।
उम्मेदवारी फिर्तापछि सम्भवतः आज दिउँसोबाट चुनावी प्रक्रिया सुरु हुने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ।
विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्नेछैन। चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन्।
गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदानमा छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर निर्वाचन नगर्न भने पनि उनीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन्। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ।
अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी देखिएका छन्। अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको पनि आशीर्वाद छ।
म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।
यता, लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न