आगामी मंसिर ९ मा नर्सिङको नाम दर्ता परीक्षा हुने

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, ०८ : ३१
आगामी मंसिर ९ मा नर्सिङको नाम दर्ता परीक्षा हुने

काठमाडौ । आगामी मंसिर ९ मा नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ । 

उम्मेदवारले यही असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्नेछन् यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस