काठमाडौ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ कार्यक्रमका लागि नाम दर्ता परीक्षा फागुन ११ देखि १५ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।
परिषद्को वार्षिक कार्यतालिकाअनुसार परीक्षा सञ्चालन हुने जानकारी दिँदै बुधबार सूचना प्रकाशित गरिएको हो ।
जसका लागि अनलाइन आवेदन फाराम पुस २५ देखि माघ २४ गतेसम्म भर्न सकिनेछ । विलम्ब शुल्कसहित माघ २५ देखि माघ २९ गते कार्यालय समयभित्र आवेदन दिन सकिने परिषद्ले जनाएको छ । आवेदन फाराम परिषद्को वेबसाइट मार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।
परिषद्का अनुसार पीसीएल नर्सिङ, बीएससी नर्सिङ, बीएमएस र स्नातकोत्तर नर्सिङ तहका लागि छुट्टाछुट्टै परीक्षा सञ्चालन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०८ : २९
लेखकबाट थप