मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुई वटा सडक खण्ड आज बिहानैदेखि यातायात अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
पहिरोकै कारण कुलेखानी-सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडक खण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ असोज २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
रसुवामा पासाङल्हामु सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध