काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । बुधबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम सुरु भएको हो ।
यो प्रदेशमा एमालेका दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको हो । गुरुङ समूहबाट हालका अध्यक्ष नवराज शर्माले अध्यक्ष, मीनप्रसाद गुरुङले उपाध्यक्ष, धनञ्जय दवाडीले सचिवको उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । त्यस्तै मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले गुरुङको समूहबाट उपसचिवमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
खगराज अधिकारी समूहबाट मायानाथ अधिकारी अध्यक्ष, बाबुराम बिक उपाध्यक्ष, रश्मि आचार्यले सचिव र उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
गण्डकीमा सर्वसम्मत नेतृत्व चयन गर्न भएको प्रयास असफल भएपछि नेताहरू समूहगत रूपमै निर्वाचन प्रतिस्पर्धामा जान लागेका हुन् ।
मंगलबार बेलुका पनि एमाले महासचिव शंकर, नेताहरू पृथ्वी सुव्बा गूरुङ, गोकर्ण विष्ट, पद्यमा अर्यालबीच सर्वसहमतिमा नेतृत्व चयनका लागि भएको छलफलमा सहमति जुट्न नसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह