काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरबारमा आज भएको भेटमा अर्थमन्त्री डा महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए।
उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरे। कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युतको खपत बढाउन ईभीको कर स्थिर राखेका हौँ: अर्थमन्त्री
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव