काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकार राष्ट्रको गौरव भएको बताएका छन्। आज काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताए।
कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कालकारिताले देशमा समाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए।
कतिपय खराब परम्परा बदल्न गीत संगीत र कालाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए।
समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महेन्द्र यादवको महाधिवेशन सम्बन्धी प्रस्ताव व्यक्तिगत हो’ : पूर्णबहादुर खड्का
‘सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ’ : पूर्णबहादुर खड्का
‘प्रतिनिधि सभा विघटन असंवैधानिक’ : पूर्णबहादुर खड्का
‘सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व’: पूर्णबहादुर खड्का
काँग्रेस चुनावमा जान तयार छ: पूर्णबहादुर खड्का
कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का