काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद असिम साहले नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि सरकारले पुरस्कार दिन बिर्सिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले बधाई मात्र दिएको तर पुरस्कार नदिएको आरोप लगाएका हुन् ।
‘नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सबैले बधाई दिएकै छन् । सरकारले पनि दिएकै होला । तर पुरस्कार दिएका छैनन्’, उनले भने, ‘सरकारले बिर्सिएको कुरा सदनमा पटकपटक उठाउँदा मलाई लाज लागेको छ । खेलाडीले लिग जितिरहे तर सरकारले उदारो पुरस्कार घोषणा गरिरह्यो ।’
खेलाडीले पाउनु पर्ने रकम १६/१७ लाख भइसक्दा समेत नपाएको उनले आरोप लगाए । प्रधानमन्त्रीले तपाईंहरू खेल्न जानोस् फर्किएर आउँदा खातामा पैसा जम्मा हुन्छ भनेर आश्वासन दिए पनि भुक्तानीको सुरसार नभएकोमा उनले आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित