सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन् । उनले ३६९ मत ल्याउँदै विजय हासिल गरे ।
अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकाेटका मीन बहादुर शाही र प्रकाश राेकायलाई हराउँदै उनी निर्वाचित भएका हुन । शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने लाल बहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मतमा सीमित भए ।
त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन् ।
त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए । त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन् ।
मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह