भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् : शङ्कर पोखरेल

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १६ : ३८
भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारलाई भ्रष्टाचारको जुनसुकै फाइल खोल्न चुनौती दिएका छन् । एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एकातिर सरकार म त भ्रष्टाचारविरुद्धको अभियानमा छु भनेर जनताको बीचमा भ्रम सिर्जना गर्ने कोसिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रको योजनामा विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम हुन्छ । सरकारको सुशासनको पक्षमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउन आनाकानी हुने गर्छ । विमानस्थलमा सुन तस्करीमा सत्तापक्षका नेताहरूको अनुहार उदाङ्गो हुने गर्छ । जुनसुकै घटनाको छानबिन गर, तयार छौँ । तर, अन्त्यमा एमाले होइन सत्तापक्षकै नेताहरू जेल जान्छन् ।’

उनले गठबन्धन सरकार रहेसम्म देशको भविष्य बर्बादतर्फ जाने दाबी गरे । तर, संसदको बनावटको कारणले अहिले जनताले चाहे जस्तो एमालेको सरकार बन्न नसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस