काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् । त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।
यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दानसिंह परिवार ११ मत पाएका छन् । यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।
उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश बहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड