एसियाडमा कबड्डीले पदक जित्ने सम्भावना बलियो

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १० : २३
एसियाडमा कबड्डीले पदक जित्ने सम्भावना बलियो

काठमाडौ । नेपालको राष्ट्रिय महिला कबड्डी टोलीले १९ औं एसियाडमा पदक जित्ने सम्भावना बलियो बनाएको छ। 

सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराउँदै कास्य पदक जित्ने सम्भावना बलियो बनाएको छ। 

यद्यपी नेपालको पदक सम्भावना बलियो हुन यही समूहको अर्को खेलमा इरानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ। 

कबड्डीको सेमिफाइनलमा पराजित हुने टोलीले कास्य पदक जित्नेछन्। 

सात टोली सहभागी महिला कबड्डीमा नेपाल रहेको समूहमा इरानसँगै बंगलादेश रहेको छ।

प्रतिक्रिया दिनुहोस