काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् । पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिने कार्यकाल: यस्ता छन् मुख्य उपलब्धि (पूर्णपाठ)
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
बालेन सरकारको १०० दिन: कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्ध
फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव
सरकारका १०० दिन: सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय