काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् । पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप