काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ चियाओहुईसँग भेटवार्ता गरेका छन।
तिब्बतबाट सिछुवान प्रान्तको भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री दाहालले छेन्तुमा सिछुवान प्रान्तीय जनकांग्रेस स्थायी समितिका अध्यक्ष समेत रहेका वाङसंग भेटवार्ता गरेका हुन ।
भेटमा दाहालले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भू –परिवेष्ठित देश नभई भूसम्बन्ध जोड्ने देश भएको बताए । सो क्रममा सिछुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले दाहाल चीनको असल साथी भएको भन्दै नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति