काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ चियाओहुईसँग भेटवार्ता गरेका छन।
तिब्बतबाट सिछुवान प्रान्तको भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री दाहालले छेन्तुमा सिछुवान प्रान्तीय जनकांग्रेस स्थायी समितिका अध्यक्ष समेत रहेका वाङसंग भेटवार्ता गरेका हुन ।
भेटमा दाहालले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भू –परिवेष्ठित देश नभई भूसम्बन्ध जोड्ने देश भएको बताए । सो क्रममा सिछुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले दाहाल चीनको असल साथी भएको भन्दै नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री