काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो ।
अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।
यस्तै चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट