काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो ।
अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।
यस्तै चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा