काठमाडौँ । नेपाली काँग्रेसका सङ्खुवासभा सभापति दिपक खड्काले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर जिल्ला सभापति खड्काले राजीनामा दिएका हुन् ।
उनले आफू प्रतिनिधिसभा सदस्य भएका कारण जिल्ला सङ्गठनका लागि पर्याप्त समय दिन नसक्ने भन्दै विधानबमोजिम अर्को सभापति चयन गर्न पनि सभापति देउवालाई आग्रह गरेका छन् ।
कम्युनिष्टहरुको किल्ला भनेर चिनिएको सङ्खुवासभामा काँग्रेसको झन्डा फहराएको भन्दै खड्काले आफू प्रतिनिधिसभा सदस्यका रुपमा काठमाडौंमा बस्नुपर्ने भएकाले जिल्ला सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक